Wednesday 2 December 2009

माओवादी नेतृत्व सुविधाभोगी छैन (सुरेश आलेमगर केन्द्रीय सदस्य एकीकृत माओवादी)


लामो समयपछि बसेको ब्यवस्थापिका संसदको बैठकले सरकारको आर्थिक वर्ष २०६६/६७ को वाषिर्क नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रमुख प्रतिपक्षी माओवादीका नेताहरुको भने न्युन सहभागिता थियो । माओवादीका संविधानसभा दलका उपनेता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक पोष्टबहादुर बोगटीको मात्र सहभागिता रहेको थियो । राष्ट्रपतिको कदमको विरोध गर्दै आएको माओवादीले राष्ट्रपतिले नै प्रस्तुत गर्ने कार्यक्रममा सहभागी नभएको बताएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा माओवादीका नेताहरु भने केन्द्रीय समितिको बैठकमा ब्यस्त थिए । यसै विषयलाई लिएर माओवादी नेता सुरेश आले मगरसँग बलराम पाण्डेले गरेको कुराकानी
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा यहाँको पार्टीको धारणा के छ ?मगरः सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेछ हामीले पनि पछि थाहा पायौं ।
ए, प्रस्तुत गर्दैछ भन्ने थाहा थिएन है यहाँलाई?मगरः थाहा त थियो, तर पनि चासो थिएन । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा के छ भन्ने चासो पनि थिएन, तर पनि अनुमानका आधारमा भन्न सकिन्छ । कठपुतली सरकारको कार्यक्रम साम्राज्यवाद र विस्तारवाद केन्द्रीत छन् । चल्लाले चलाएको सरकार हो यो चिल जस्तै माथि उड्न सक्दैन । नागरिक सर्वोच्चता नभएको सरकारको नीति तथा कार्यक्रममा मेरो ध्यान छैन ।उसो भा तपाई पनि पार्टीले भनेझैं सैनिक सर्वोच्चता र नागरिक सर्वोच्चताकै कुरा गर्दै हुनुहुन्छ?मगरः सैनिक सर्वोच्चता कायम गर्छु भनेर कसैले पनि भन्दैन । लोकतन्त्रलाई कुल्चन्छु भनेर हिटलरले पनि भनेका थिएनन् । तर सबै ब्यबहारले देखाउछ । कारवाही गरेको सेनापतिलाई पुनर्वहाली गरेपछि सैनिक सर्वोच्चता त्यही भइहाल्यो ।अब प्रधानमन्त्रीको परिक्षाको घडी आएको छ । तोरण जंग बहादुरको म्याद थपका लागि दवाब पुगेको छ अब के हुन्छ हेर्न बाँकीनै छ ।
सेनापति कारवाहीको विषयमा प्रचण्ड नेतृत्व सरकार र माओवादीको केही गल्ति नै छैन त?मगर ः कारवाही गर्ने बेलामा माओवादी सरकारको के गल्ति हुन्छ र? गल्ति गर्नेलाई नै सरकारले कारवाही गरेको हो ।
तर त्यसो भए सत्ता साझेदार दलसँगै सहमति जुटाउन सक्नुभएन नि ?मगरः सहमतिको प्रणालीलाई संविधानमा बहुमतिय प्रणाली अपनाइएको छ । त्यसका लागि सबै दलको सहमति चाहिन्छ भन्ने छैन । रुक्मांगद कटवाल कारवाही गर्नै पर्ने ब्यक्ति भएकाले मात्र कारवाही गरिएको हो । तर अदृष्य शक्ति केन्द्रले माओवादीलाई अघि बढन दिएनन् ।
को हो त्यो अदृश्य शक्ति ?मगरः भारतीय सरकार र अमेरिकी ब्यवस्था । किनकी तिनीहरुका अगाडि यहाँका कांग्रेस र एमाले कोही पनि होइनन् । सबै उनीहरुले जे भन्छन यहाका कांग्रेस र एमालेले त्यही मान्छन् । कटवाल कारवाही गर्ने निर्णयसगै भारतीय राजदूत राकेश सूदले चेतावनी दिएका थिए । उनले कांग्रेस र एमालेलाई उचालेर कारवाही गर्न दिन्न भनेर पहिले नै माओवादीसँग भनेका थिए ।
अब केही समय केन्द्रीय समिति बैठकतर्फ लागौं, बैठकमा त तपाईहरु सुविधा भोगी र शहर केन्द्रीत हुनुभयो भन्ने कुरा उठ्यो नि ?मगरः यो कुरा पूर्ण असत्य पनि होइन । क्रान्ति पूरा गर्न पनि शहर केन्द्रीत भएको हो । यो स्वाभाविक नियम हो ।
जनयुद्धका बेला पुगेका स्थानमा पुग्न छाडेको त यथार्थ होइन र ?मगरः हो, त्यसलाई हामीले सच्याउनुपर्छ ।
अन्तमा, अहिलेको आवश्यकता राष्ट्रिय सहमतिको सरकार हो कि विद्रोहको ?मगरः अर्ध सामन्ती र अर्ध औपनिवेशिक देशमा हरेक क्षेत्रमा उत्पिडन भोगिरहेका समयमा क्रान्ति नै आवश्यक हुन्छ । अहिलेको आवश्यकता पनि विद्रोह कै हो । विद्रोहको स्वरुप मात्र परिवर्तन गर्न सकिन्छ ।

0 comments:

Post a Comment

 

  © 2009 लिम्बू संसार //लेख रचना

True Contemplation Blogger Template by M Shodiq Mustika