Wednesday 2 December 2009

संघीय नेपाल र फरक मत

नया नेपालमा नया संबिधान बनाउन नेपालका प्रमुख दलहरुको राज्य पुनःसंरचनासम्बन्धी अवधारणा देख्दा मलाई राष्ट्र निर्माता अनि नेपालको राष्ट्रिय बिभुति मानिएका श्री ५ पृथ्बी नारायण शाह प्रति धिक्कार लगेर आयो अनि भन्न मन लग्यो तिमीले कमसे कम त्यति बेलाका बाईसे , चौबिसे राज्यहरु एकीकरण नगरेको भए आहिलेका हाम्रा नेता हरुले नया संबिधानमा कति राज्य बनउने बनेर बहस गर्नु पर्ने थिएन, न त माओबादीले यसैका लागि भनेर बिसौ हजार नेपाली सोझा जनता को नरबली चढाउनु पर्थ्यो नेपाली माटोलाई पृथ्बी तिमीले गल्ति गरेछौ नेपाल एकीकरण गरेर किनकि तिमीले नेपालको स-साना राज्य , रजौटा हरुलाई मिलाएर सिङ्गो नेपाल बनायौ तर आज तिम्रै सन्तति हरु त्यो सिङ्गो नेपाल नेपाललाई टुक्राउन लागि परेका छन्
ब्यर्थ भयो बिर बलभद्र , अमर सिंग तिम्रो बहादुरिता , खेर गयो भक्ति थापा .बहादुर शाह तिमीले जितेका लडाई हरु यी त सबै ईतिहासका कुरा भए मैले स्कूल पढ्दा पढेको यी ईतिहासहरु झुठा भए मलाई आहिलेका हाम्रा नेताहरुलाई भन्न मन लग्यो हिजो मैले पढेको ईतिहास गल्ति रहेछ , यस्तो गलत शिक्षा अबका नया नेपालका नया पिढी लाई नापढ़ाईयोस नया संबिधान सग सगै नेपालको ईतिहास पनि सच्चईयोस

यी त भए ईतिहासका कुरा अब वर्तमान तिर लागौ विश्व मानचित्रमा विकासको हिसाबले खोज्ने हो भने आगाडीबाट होईन पछाडीबाट खोज्नु पर्छ नेपाललाई नेपालले बार्षिक बजेट बनाउदा अरु सग मागेर ल्याउने आनुदान अनि भिखले ठुलै अंश ओगटेको हुन्छ आझै भनौ बिदेशी सहयोग बिना यहाँ केही हुदैन अहिले एउटा नेपाल चलाउन त यो हालत छ पछि यिनले आहिले बनाउन लागेको १५ , २० नेपालको हालत के होला आफै आनुमन गर्नुस नेपालका पार्टीहरुले के आधारमा संघियताको नाराले समाजमा बिखन्डनको बिउ रोपेर जातीय , क्षेत्रीय आधारमा नेपाल टुक्राउन खोजे ? एउटा राज्य चल्न उसले आफ्नो आय ले आफै चल्न अनि चलाउन सक्नुपर्छ के त्यो सबै मा सम्भव छ ? नेपाल कृषि प्रधान देश भानिए खाध्धन्न मा आफु आत्म निर्भर छैन

पश्चिममा बर्षेनी खाद्या सङ्कट पर्छ बर्ष भरिको उब्ब्जईले ३ महिना खान पुग्दैन , संयुक्त राष्ट्र संघले कामका लागि खाध्धन्न भन्ने कार्यक्रम नाचालाउनि हो भने उत्तर पश्चिमका सबै जिल्लामा ८ ., ९ महिना सम्म भोकमरी चल्छ यो त एउटा उदाहरण मात्र हो अनि यस्तो राज्यले को सग ?,कति समय सम्म ? , कति मागेर राज्य चलाउने ? संघियताको कुरा गर्दा एउटा काठमान्डु मात्रै हेरेर हुदैन मैले संघियताको बिरोध गर्न खोजेको होइन मात्र अहिले नै नेपाल संघियतामा जाने बेला भयको छैन भन्न खोजेको हो कमसे कम एउटा सिंगो नेपाल त पहिला सबै कुरामा आत्म निर्भर बनाउ अनि गरौला संघिता को बहस एउटा माग्ने नेपाल माथि १५ . २० ओटा थाङ्गने नेपाल नथपियोस् नेपाल बर्बाद हुनबाट बचईयोस भन्न खोजेको हु .

बिनोद ढकाल
स्पेन

0 comments:

Post a Comment

 

  © 2009 लिम्बू संसार //लेख रचना

True Contemplation Blogger Template by M Shodiq Mustika