Thursday 3 December 2009

लिम्वूवान लिम्वूहरुको जोडदार माग

नेपालको इतिहासमा लिम्वूवान अस्तित्वमा रहेको पाइन्छ । यो देश दश लिम्वूवान सत्र थुमको आधारमा सन्चालित थियो । दश लिम्वूवान भनेको अहिले परीकल्पना गर्न खोजिएको संघात्मक प्रणाली जस्तै संघीय प्रणाली हो । दशमा सात उपसंघ थपेर सत्रथुम वनाइएको हो । यसको प्रमुख केन्द्र सुरुमा पानथर हालको फिदीममा रहेको थियो । लिम्वूवान छैटौ देखि दशौं शताद्वि सम्म उवाहाङ,मावोहाङ,सिरीजंगहाङहरुले एक छत्र शासन गरेको पाइन्छ । त्यस्तै पन्ध्रौ सताद्वि देखि मोरङ राज्य शक्तिशाली राज्यहरुले पुन सम्पूर्ण लिम्वूवानलाई थुमीय आधारमा शासन गरेको देखिन्छ । त्यस वेलाका राजा साङलाईन थिए । उनले हिन्दु मत ग्रहण गरेको हुनाले विजय नारायण र्राई भए । र्राई भनेको तात्कालीन समयको राजाहरुले प्रयोग गर्ने समानार्थी शब्द थियो । त्यस्तै पुन सेन वंशी हुदै वि .सं.१८२५ मा वुद्घकिर्ण खेवाहाङ विजयपुरका लिम्वू राजा थिए । तत्पाश्चात संघीय लिम्वूवान राज्यहरुको केन्द्र विजयपुर बन्यो । वि.सं.१८३०तिर लिम्वूवानमा सत्र पटक गोर्खाका सेनाहरुले आक्रमण गरेका थिए तर लिम्वूवानका सेनाहरुले विफल तुल्याइ दिए । गोर्खाका सेनापति रघु रानालाई लिम्वूवानका वीर योद्घा काङसेरे लिम्वूले काटेर मारेका थिए । त्यस वेला सेनापति मात्र नभएर सम्पूर्ण सेनालाई समेत सोतर वनाएका थिए लिम्वूवानका सेनाहरुले । यस्तो अवस्था देखेर गोर्खाका राजाले लिम्वूवानलाई आफ्नो वनाउन भाईको रुपमा सम्झौता गरी स्वायत राज्य सन्चालन गर्न पाउने व्यवस्था गरीएको थियो । त्यस पछि पनि लिम्वूहरुले लिम्वूवानमा आफ्नो शासन कायमै राखे । वि.सं.१८३१ भन्दा अगाडी छुट्टै राज्य थियो तर वि.स.१८३१ वाट गोर्खा राज्यको सह राज्यको रुपमा रहन पुग्यो । यो क्रम वि.सं.२०२१ साल सम्म रह्यो । वि.स.ं२०२१मा राजा महेन्द्रवाट कथित भूमिसुधारको नाममा लिम्वूवान किपटको कुरा गरे । उक्त कुराको घोर विरोध गर्दा लिम्वूवानका नेताहरु जेलनेल परे । तर लिम्वूवानको आवाज निरन्तर रहि रह्यो । त्यसवेला किपट खारेजीको हवला दिए पनि वि.सं.१९३१ को लालमोहर खारेजी भएको थिएन । उक्त लालमोहर अझै पनि खारेजी भएको पाइएको छैन । त्यसैले लिम्वूवान कानुन वमोजिम अझै पनि अस्तित्वमा रहेको देखिन्छ । वि.सं. २०६२ / ६३ को जनआन्दोलन भाग २ ले नेपालमा जातिय स्वायत राज्य पुन स्थापना गर्न वाटो खुलेको छ । तर्सथ लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि झण्डै एक दर्जन लिम्वू राजनैतिक पार्टीहरु सक्रिय रुपमा लागि परेकाछन् । लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि राज्यवाट एक पटक वार्तामा वोलाए पनि त्यो वार्ता सफल भएन । तत्पाश्चात वार्ताको लागि राज्यले वेवस्ता गर्दै आएको छ । तर्सथ लिम्वूहरुले लिम्वूवान क्षेत्रमा आम हडताल साथै चक्का समेत गर्दै आएका छन् । उक्त हडतालको समयमा सरकारको क्रुर प्रहरीहरुले एक जना लिम्वू योद्घाको हत्या समेत गरी सकेको छन् । यदि वार्ता द्वारा लिम्वूवानको समस्या सुल्झाइएन भने भोलि त्यसले विकारल रुप लिएर ठुलो जन व्रि्रोह हुन सक्छ । सरकारले तुरुन्तै लिम्वूवान पुन स्थापनाको लागि ध्यान केन्द्रित गर्नु जरुरी छ । लिम्वूहरु जातिय अस्तित्व भाषा संस्कृतिको संरक्षण र देशको हरेक तह र ताप्कामा पहुच पहिचान र सहभागीता चाहान्छन् । त्यसैले सम्पूर्ण लिम्वूहरु लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि सरकार समक्ष जोडदार माग गर्दछ । र यो व्लग साइटको मुख्य उदेश्य पनि लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि व्यापक जन र्समर्थन जुटाउनु साथै भाषा संस्कृतिको सेवा साथै समचारमूलक कुराहरु सम्प्रेषण गर्नु रहेको छ ।

0 comments:

Post a Comment

 

  © 2009 लिम्बू संसार //लेख रचना

True Contemplation Blogger Template by M Shodiq Mustika