Thursday 10 December 2009

बिहे भविष्यको कुरा हो, सम्भव छ


रामकुमारी,मंसिर
रामकुमारी झाक्री मंसिर अर्थात् बिहेको सिजन सुरु भयो । कैयौं जोडीले दाम्पत्य जीवनमा प्रवेश गरिसकेका छन् । तर, विद्यार्थी नेतृ रामकुमारी झाक्रीको सुरसारै छैन । घरमा बाबुआमाले बिहेका निम्ति कर गर्दागर्दै १५ थान मंसिर बितिसकेका छन् । १६ औं मंसिरमा पनि जीवनसाथी खोज्ने हतार छैन रामकुमारीलाई । 'ढिलो, छिटो मात्रै हो,' एमाले अखिलकी अध्यक्षको भनाइ छ, 'बिहे भविष्यको कुरा हो, सम्भव छ ।'
उहाभन्दा अघि नेपाली विद्यार्थी संगठनको इतिहासमै महिलाले नेतृत्व गरेको थिएन । एउटा कीर्तिमान राख्न सफल झाक्रीले के जीवनसाथी चुनिसक्नुभयो त ? यसलाई उहाा गोप्य नै राख्न रुचाउनुहुन्छ । ठट्टा गर्दै भन्नुहुन्छ- अहिले नै घोषणा गरे भने त धेरैले अखिल छाडे भने के गर्ने ?
जे होस्, रामकुमारीको हुनेवाला सरल तर उच्च समझदार हुनैपर्छ रे । अनि स्वतन्त्र रुपमा गरिखाने त हुनैपर्‍यो । उहा भन्नुहुन्छ- तर, म राजनीतिमै लागेकासित बिहे गर्दिन । किनभने यसका साइड इफेक्ट मैले देखिसकेकी छु । बिहेलाई उहा प्राकृतिक कुरा मान्नुहुन्छ । भन्नुहुन्छ- सबैले बिहे नगर्ने हो भने त सृष्टि कसरी चलाउने ? सबै ब्लु डायमन्ड सोसाइटी लागे संसार कस्तो होला ?
नेपालको लोकतान्त्रिक आन्दोलनकी एक नायिका रामकुमारी झााक्रीलाई अहिले लभलेटर लेख्ने त छैनन् । तर, एमएसएसमार्फत प्रेम दर्साउने थुप्रै छन् । '५, ७ वर्षयता त लभलेटर लेख्ने या प्रेम गरौं भन्ने त कुरै भएन, त्यसमा मेरो पनि प्राथमिकता रहेन,' उहाा भन्नुहुन्छ । उहााको विचारमा प्रेम स्वाभाविक प्रक्रिया हो । सम्बन्धहरुलाई जोड्ने कसी हो । प्रेम र सद्भावविना संसार चल्दैन ।
अनि सेक्स ? बिहे अघि या पछि ? नेतृ झााक्रीको यसमा स्पष्ट विचार छ- यो युरोप होइन । त्यसैले कोही पनि सामाजिक सीमा, मर्यादा बाहिर जान सम्भव छैन । नेपाली समाजको विशिष्टता नै यहााको पारिवारिक र सामाजिक जीवन हो । यसको अनुकरण दुनियाले गर्न सक्छ । सेक्सलाई रहस्यमा नछाड्ने हो भने त परिवार भताभंग भइहाल्छ नि ।
झााक्रीको जन्म गुल्मीको मयालपोखरी-१ पुर्कोटमा भएको हो । जन्म भएको हो, २०३५ जेठ १० गते । रत्नबहादुर र रेणुकुमारीकी छोरी रामकुमारीको बालजीवन गाउमै बित्यो । आमाको पछि लागेर, धुलोमा खेलेर अनि गोठालो गएर, घाासदाउरा काटेर, गोबर सोहेरेर । ग्रामीण किसान परिवारमा यस्ता काम सामान्य हुन् । पृथ्वी मावि पुर्कोट गुल्मीबाट उहाले एसएलसी गर्नुभयो २०५० सालमा । सेकेन्ड डिभिजनमा छ । उहाको इच्छा थियो, नर्स बन्ने । तर, कालान्तरमा भर्ना हुनुभयो पद्मकन्या क्याम्पसमा ।
झााक्रीलाई २०५१ सालको मध्यवधि चुनावमा एमालेलाई जिताउन खुबै खटेको सम्झना छ । क्याम्पसमा भर्ना हुनभन्दा एमालेलाई भोट तान्न उहा सक्रिय हुनुभयो । मनमोहन अधिकारी प्रधानमन्त्री भएको दिन नै उहाा काठमाडौं आइपुग्नुभयो । उहा भन्नुहुन्छ-म त मनमोहन अधिकारीले हासिया हथौडाको रातो झन्डा फहराउनुहोला भनेको । राष्ट्रिय झन्डा पो रहेछ ।
त्यसो त सात कक्षा पढ्दादेखि नै राजनीतिमा लाग्नुभएको हो उहा । २०४६ सालको जनआन्दोलन सफल भएपछि गाउ पञ्चायतको बोर्ड फालेर राजनीतिमा पाइला सार्नुभयो । स्कुले जीवनमै अखिलको प्रारम्भिक कमिटी हुदै उहा जिल्ला कमिटीको अध्यक्ष समेत हुनुभयो । जिल्लामै हुदा उहााले धेरैजसो केन्द्रीय नेता चिनिसक्नुभएको रहेछ ।
पद्मकन्याको स्ववियुमा अखिललाई जिताउने भनेर उहाले नर्स बन्ने बाटो छाड्नुभयो र अखिलकै राजनीतिमा भिज्नुभयो । उहा भन्नुहुन्छ- त्यतिबेला सीता कुाबर दिदीको सहयोगमा म पद्मकन्या भर्ना भएकी हु । अखिल भन्ने थाहा भएको भए त भर्ना नै हुने रहेनछ । ममता गिरी, विद्या भट्टराईहरुको पछि लागेर उहाको राजनीतिक जीवन अघि बढ्यो । अखिलको पद्मकन्या अध्यक्ष्ा हुादै राष्ट्रिय परिषद् सदस्य अनि केन्द्रीय अध्यक्षसम्म चुनाव लडेरै जित्नुभयो ।
त्यसो त संविधानसभा निर्वाचनमा उहालाई समानुपातिक सूचीमा एमालेले नराखेको होइन । तर, उहााको प्राथमिकता संविधानसभाभन्दा पनि विद्यार्थी फााटमै रह्यो । उहाा भन्नुहुन्छ- म त ुसमाज रुपान्तरणका लागि राजनीतिमा लागेकी हुा । मलाई प्रधानमन्त्री या राष्ट्रपति बन्ने भन्दा पनि असल नागरिक बन्ने मन छ । राजनीति गरिरहादा पदहरु त आउछन्, जान्छन् । के भोलि नेपालको प्रधानमन्त्री बन्ने विचार छैन त ? उहा भन्नुहुन्छ- हिजो २०४७ सालतिर प्रारम्भिक कमिटीमा रहेर सोच्दा अखिलको अध्यक्ष बन्ने कुरा असम्भव लाग्थ्यो । आज पनि त्यस्तै हो। राजनीतिमा ट्राफिक रुल पालना गर्दै जााद्या सबै कुरा स्वाभाविक र सम्भव हुन सक्छन् ।
लोकपि्रय नेतृ झााक्रीको राजनीतिक जीवन बडो संघर्षशील छ । सुरुमा उहाले राजनीति गरेको बाबुआमालाई थाहै भएन । थाहा पाएपछि नियन्त्रण गर्न सक्ने अवस्थै रहेन । झााक्रीलाई मनपर्ने नेता मदन भण्डारी, पुष्पलाल, मनमोहन अधिकारी आदि हुन् । लोकतान्त्रिक नेता गणेशमान सिंह पनि उहाालाई मनपर्छ । भन्ने कुरा छैन । पूर्व राजा ज्ञानेन्द्रको शासनकालविरुद्ध लड्ने सडककी एउटी नेतृ हुनुहुन्थ्यो उहाा । लोकतान्त्रिक आन्दोलनका क्रममा उहाा महिनौं जेल बस्नुभएको छ । साथै शैक्षिक आन्दोलनका क्रममा पनि पटक पटक जेल र हिरासतमा गुजार्नुभएको छ । तर, त्यसलाई उहाा संघर्षकै एउटा रुप मान्नुहुन्छ ।
खानामा दालभात तरकारी अनि सजिलो लुगा लगाउन मनपर्छ उहालाई । मगरकी छोरी भए पनि रक्सीप्रति उहाको घृणा छ । हरेक दसैंमा घर जादा उहालाई लाग्छ, म मन्दिर गइरहेको छु । गाउमा कोटको देवी मन्दिर छ । तर, केही पाइन्छ भनेर उहा पूजा गर्नुहुन्न । उहालाई आगनकै डिलमा फुल्ने सयपत्री, मखमली फूल नै मनपर्छन् ।
उहाको आप\mनो भन्ने सम्पत्ति छैन । काठमाडौंमा परिवारका १२ सदस्यसहित बस्नुहुन्छ । विदेशमा रहेका दाजुले पठाउने पैसा राख्न बैंक खाता भने खोल्नुभएको छ । काठमाडौंमा घर बनाउने उहााको शोख छैन । गाउमा आखाले देख्नसक्ने सम्मका भीरपखेरा नै उहालाई प्यारो छ । आन्दोलनमा हिड्दाहिड्दा उहालाई काठमाडौका भित्री गल्लीसम्म कण्ठ छन् । संगठनका क्रममा ४, ५ जिल्लाबाहेक नेपाल घुमिसक्नुभएको छ । मुस्ताङ, रारादेखि सेफोक्सुन्डो उहाले घुम्न सिफारिस गर्ने ठाउ हुन् । तर, उहालाई सबैभन्दा राम्रो आप\mनै गाउ लाग्दो रहेछ । बेला बेला चलचित्र पनि हेर्नुहुन्छ उहाा । चलचित्र कलाकारसाग पनि चिनजान छ । नया कुसुमेरुमालदेखि स्लमडग मिलिनियरसम्म उहाले हेरिसक्नुभएको छ । बजारमा प\mलप भए पनि उहाालाई नयाा कुसुमेरुमालको हिरो मनपरेछ ।
उहााले कपालमा कालो लगाउनुपरेको छैन । प्राकृतिक रुपमै सहीसलामत छ कपाल । कहिलेकाहीा ब्युटीपार्लर पस्नुहुन्छ, कपाल काट्न । राजाको शासनमा थुनिएका बेला रामदेवको योगा पनि गर्नुभयो । तर, अहिले त्यो क्रम छुटिसकेको छ । उहाा भन्नुहुन्छ- अलि अनुशासनहीन भइएको छ ।
प्रस्तुती: ऋषि धमला

0 comments:

Post a Comment

 

  © 2009 लिम्बू संसार //लेख रचना

True Contemplation Blogger Template by M Shodiq Mustika